दिशा पाटानीलाई पन्छाउँदै ‘बागी ३’ मा टाइगरको जोडी सारा अली खान

काठमाडौँ,पुस ४। फिल्म ‘केदारनाथ’मार्फत बलिउड डेब्यू गरेसँगै अभिनेत्री सारा अली खानलाई एकपछि अर्को गर्दै फिल्ममा काम गर्ने अवसरहरु आइरहेका छन् ।

उनको पहिलो फिल्म ‘केदारनाथ’ प्रदर्शन भइरहेको छ भने उनी अभिनय गरेको दोस्रो फिल्म ‘सिम्बा’ यही डिसेम्बर २८ मा प्रदर्शको तयारीमा रहेको छ । यस फिल्ममा अभिनेत्री सारा रणवीर सिंहको जोडीको रुपमा रहेकी छिन् ।

यस फिल्म बाहेक सारा अली खानले अभिनेता कार्तिक आर्यनको अपोजिटमा एक अर्को फिल्मसमेत साइन गरिसकेकी छिन् । यसका साथै अहिले सार्वजनिक खबरहरुका अनुसार सारा चौथो फिल्म ‘बागी ३’ मा टाइगर श्राफको जोडीको रुपमा आउन सक्ने बताइएको छ ।

साजिद नाडियाडवालाको निर्माणमा बन्ने फिल्म ‘बागी’ को तेस्रो सिरीजमा अभिनेता टाइगर श्राफ र साराको रोमान्स देख्न सकिने बताइएको छ । फिल्म ‘बागी २’ मा अभिनेता टाइगर श्राफकी प्रेमिका दिशा पाटनी रहेकी थिइन् तर ‘बागी ३’ बाट दिशा पाटनी बाहिरिएकी छिन् भने साराले अभिनय गर्ने मौका पाएकीे छिन् । ‘बागी’ को पहिलो पार्टमा अभिनेत्री श्रद्धा कपूर टाइगरको जोडीको रुपमा थिइन् ।

प्रतिक्रिया दिनुहोस्