नेपाललाई युएईसँग ‘वान डे’ खेल्ने मौका

काठमाडौँ,पुस ५ ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीले अर्को महिना संयुक्त अरब इमिरेट्स (युएई) सँग एकदिवसिय (वान डे) क्रिकेट खेल्ने भएको छ । नेपालले जनवरीमा पाँच वटा एकदिवसिय खेल खेल्ने पक्का भएको नेपाली टोलीका प्राविधिक रमन सिवाकोटीले जनाएका छन् । उक्त खेल युएईमै हुनेछ ।

पाँचमध्ये नेपालले कतिवटा ५० ओभर र कतिवटा टी—२० खेल्ने भन्ने निक्र्योल एक साताभित्र तय हुने बताईएको छ । नेपाल क्रिकेट संघ (क्यान) विश्व क्रिकेट काउन्सिल (आइसीसी) को प्रतिबन्धमा रहेका कारण युएईसँग नेपालको एकदिवसिय खेलको चाँजोपाँचो आइसीसीले नै मिलाएको हो । युएईसँग एकदिवसिय क्रिकेट खेल्नका लागि आइसीसीसँग नेपालका खेलाडी र प्रशिक्षकले पनि आग्रह गरेका थिए ।

नेपालले एक बर्षअघि जिम्बावेमा भएको एकदिवसिय विश्वकप छनोटमा आठौं स्थानमा रहेर चार वर्षको लागि वान डे मान्यता पाएको थियो । त्यसपछि नेपाली टोलीले गत अगस्ट महिनामा नेदरल्यान्ड्ससँग दुईवटा वान डे खेल खेलेको थियो ।उक्त श्रृंखला १–१ को बराबरीमा सकिएको थियो । नेपालले युएईसँग एसिया कप छनोटमा यसअघि पनि एउटा वान डे खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस्