अभिभावक जागरण गर्दै अमरगढी नगरपालीका

रेडियो युनिटी
डडेल्धुरा, पुष ५ ।अमरगढी नगरपालीका डडेल्धुराले सुरु गरेको शैक्षिक गुणस्तर सुधार अभियान अन्र्तगत नगर क्षेत्रभित्रका हरेक बिद्यालयको प्रवेशद्धार र सार्वजनीक स्थलहरुमा होडिङ बोर्डमार्फत अभिभावकलाई जगाउने अभियानको थालनी गरेको छ ।


पछिल्लो समयमा शैक्षिक गुणस्तर खस्कीनुमा अभिभावकहरुको बिद्यालय प्रतिको उदासिनता देखीन एक भएको भन्दै बोर्डहरु लगाइएको नगरपालीकाले जनाएको छ । जब सम्म अभिभावक आफना बालबच्चको बिषयमा सचेत हुदैन्न बिद्यालयमा बिद्यार्थी र शिक्षकसंगको छलफल गर्ने भुमीका खेल्दैनन तब शिक्षामा सुधार हुदैनन् ।

अभिभावको लापरवाहीका कारण बिद्यार्थी बिभीनन कुलत, दुब्र्यशनमा फस्ने गरेको पाईन्छ । त्यसैले बिद्यालयको प्रबेशद्धार र सार्वजनीक स्थलमा सन्देश मुलक र्वोड राख्न लागेको नगरप्रमुख विश्वेश्वर प्रशाद ओझाले बताएका छन् ।

सदमुकामको महेन्द्र माबि खलङगाबाट सुरु गरेको अभियान अमरगढी नगरपालीका भित्रका संस्थागत र सामुदायीक बिद्यालय सबैतिर चलाइने समेत नगरप्रमुख ओझाले बताए ।

प्रतिक्रिया दिनुहोस्