अमरगढीका जनप्रतिनिधि र व्यवसायीबीच अन्तरक्रिया

डडेल्धुरा, पुस ७ । समृद्ध अमगरढी नगरपालिकाका लागि शिक्षा र पर्यटनमा जोड दिनुपर्ने एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् ।

शनिबार अमरगढी नगरपालिकाले जिल्ला समरमुकाममा आयोजना गरेको ‘बजार व्यवस्थापन र व्यवसायीक प्रवद्धनका लागि जनप्रतिनिधि र व्यवसायीबीचको अन्तरक्रिया’ कार्यक्रमका सहभागीहरुले उक्त कुरामा जोड दिएका हुन् ।

यहाँको व्यवसायीक प्रवद्धनका लागि शिक्षा र पर्यटन क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर अगाडि बढ्न नगरपालिकालाई सरोकारवालाहरुले सुझाव दिएका छन् ।

कार्यक्रममा लामो समयदेखि शिक्षण पेशामा आवद्ध शिक्षक मुकेशप्रसाद भट्टले अमरगढीलाई ‘एजुकेशन हव’ बनाउन सके यहाँको व्यवसायमा ठूलो फाइदा पुग्ने बताएका छन् ।

सरकारले छनोट गरेका एक सय नयाँ पर्यटकीय गन्तव्यमा अमरगढी र उग्रतारा परेको उल्लेख गर्दै उनले यस क्षेत्रको प्रचारप्रसार गरेर यहाँ थुप्रै पर्यटक भित्र्याउन सकिने समेत बताएका छन् । साथै उनले ‘एजुकेशन हव’ र पर्यटन विकास राजनीतिकर्मी र व्यवासयीहरुले के योगदान गरे त्यसो समिक्षा गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

सुदूरपश्चिम प्रदेशको राजधानी कैलाली तिकिएसँगै यहाँको व्यापार–व्यवसायमा नोक्सान भएको नेकपा नेता डा.तारा जोशीले बताएका छन् ।

साथै उनले यो क्षेत्रको अर्थतन्त्रको विकासका लागि यहाँको शिक्षा, पर्यटनलगायतका क्षेत्रको विकास र वितस्तार गर्न आवश्यक रहेको बताएका छन् । शिक्षा र पर्यटन क्षेत्रको विकास भए अन्य पहाडी जिल्लाका सथै तराइबाट समेत यहाँ मान्छे आउने र यस क्षेत्रको अर्थतन्त्रमा केही सेवा पुग्ने उनको भनाइ थियो ।

कार्यक्रममा अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वरप्रसाद ओझाले यस क्षेत्रको विकासका लागि आफू योजनावद्ध ढंगले अगाडि बढिरहेको बताएका छन् ।

उनले यस क्षेत्रको व्यवसायीक प्रवद्धनका लागि विभिन्न कार्यक्रमहरु नगरपालिकाले संचालन गर्ने समेत बताएका छन् । यहाँको औद्योगिक विकासका लागि व्यवसायीहरुलाई औद्योगिक भ्रमणको व्यवस्थ गर्न लागिएको उनको भनाइ छ ।

साथै उनले यस क्षेत्रको शिक्षाको गुणस्तरवृद्धिका लागि पनि नगरपालिकाले विभिन्न कार्य गर्दै आइरहको र आगामी दिनमा कार्यक्रमहरु संचालन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्