परम्पराअनुसार पूजापाठ गरी सकियो ‘मष्टा भगवती जाँत’

  • 617
    Shares

डडेल्धुरा, पुस ७ । सुदूरपश्चिमको कला र परम्पराअनुसार पूजापाठ गरी मनाइने जाँत मष्टा भगवतीको पूजापाठसंगै यस बर्ष सकिएको छ।

प्रत्येक वर्ष पूर्णिमा अर्थात् उग्रतारा भगतवती मेला देहिजाँतको ठिक एक महिनापछि हुने मष्ठा भगती र नवदुर्गा जाँत विधिवत रुपमा पूजापाठसंगै देउडा खेल खेली जाँत सम्पन्न भएसंगै डडेल्धुरामा यस वर्षका सबै जाँत मेला सकिएका छन्।

नवदुर्गा गाउपालिका–१ भाणिवन डाँडामा रहेको मष्टा भगवतीमा प्रत्येक नयाँ वर्ष बैशाख १ गते बिशु जाँत, दशँैका दिन दशैँ जाँत र मुख्य रुपमा लिइने पुर्णिमामा हुने पूजापाठसंगै धार्मिक विधिवत रुपमा यस क्षेत्रका पाँच गाँउबाट बाजागाँजासहित धामी काप्दै नेजा ध्वजा लिइ चोलो आएपछि भाका बैजालीसंगै सुदूर संस्कृती छाला नृत्य र देउडा खेल खेल्दै मष्ठा भगवतीको जाँत अन्य वर्ष झँै यस वर्ष पनि सम्पन्न भएको हो।

असिना पानीले स्थानीयले लगाएको अन्नबालीसंगै फलफूल नष्ट पारेपछि गाउँ–गाउँमा अनिकाल नितियकाले यसको रोकथामका लागि मष्टा भगवतीमा पूजापाठ गरिएसंगै मष्टा भगवतीमा जाँत गर्ने परम्परा रहिआएको मष्टा भगवती क्षेत्र विकास समाज अध्यक्ष प्रेम बोहराले बताए।

मष्टा भगवतीमा नयाँ वर्ष बिशु पर्व र दशैमा बोका राँगाको बली समेत दिइन्छ। नवदुर्गा १ कोटेलीका स्थानीयवासी बोहरा परिवारले प्रत्येक वर्ष बिशु पर्वका बेला गरिने पूजापाठमा अनिवार्य रुपमा एउटा बोका र एउटा राँगाको बली दिइने प्रचलन छ। उनले भने, ‘अरुहरुले मानोकामना प्राप्तिका लागि भाकल गर्छन् र बोका राँगाको बली दिने गरेका छन ।’ आफूले कुनै बर मागेअनुसार प्राप्त गरि सकेपछि बलि दिने चलन रहेको उनले बताए।

मष्टा भगवतीमा अहिले विश्वकै सबैभन्दा अग्लो भनिएको माता भगवतीको मुर्ती निर्माण गरिएको छ। एक वर्ष पहिलो निर्माण थालिएको बहान सिह माथि आसनको गरेको ४५ फिट अग्लो मुर्ती निर्माण गरिएको वडा अध्यक्ष भीमबहादुर बोहराले बताए। धार्मिक आस्थासंगै पर्यटन प्रवद्र्धनका लागि अहिलेसम्म संसारमा सबैभन्दा उचाई भएको भगवतीको मुर्ती निर्माण गरिएको उनले बताए। मुर्ती निर्माणसंगै मेलालाई व्यवस्थित बनाउन व्यापार व्यवसाय गर्नका लागि अलगअलग स्थान तोकीएको छ।

उनले भने, ‘असिना पानिले खाद्यान्न बाली नष्ट हुन थाले पनि मष्टा भगवतीका पूजापाठले जोगिएकाले सुदूरपश्चिमलगायत अन्य जिल्ला र सिमा जोडिएका भारतीय जिल्लाहरुबाट समेत श्रद्धालु भक्तजन मष्टा भगवतीमा पुग्ने गरेका छन् ।

नवदुर्गा गाउपालिकाको वडा नं. १ र २ को सिमाना रहेको अग्लाअग्ला सल्लासहित गोला आकारको भिरालो मैदानमा मष्टा भगवती रहेकाले भौगोलिक दृष्किोणमा पनि रमणिय स्थतामा मन्दिर छ। डडेल्धुराको अन्तिम जाँत भएकाले पनि मष्ठा भगवती मन्दिरको जाँतका डडेल्धुराका अधिकांस स्थानबाट स्थानीय पुग्ने गरेको छन्।

प्रतिक्रिया दिनुहोस्