नुवाकोटमा मिनीट्रक दुर्घटनाः मृत्यु हुनेको संख्या २० पुग्यो

नुवाकोट, मंसिर २९ ।  नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीमा भएको मिनी ट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुगेको छ । दुर्घटनामा परेर १५ जना घाइते भएका छन् ।

उनीहरुमध्ये ८ जनाको काठमाडौंको शिक्षण अस्पतालमा र ७ जनाको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ ।

मृत्यु भएका ३ जनाबाहेक अरुको सनाखत नभएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा घ्याङफेदीका रिभल तामाङ, आइते तामाङ र वडा ७ का शिखरबेसीका रितेश पण्डित भएको दुप्चेश्वर गाउँपालिका प्रमुख योविन्द्रसिंह तामाङले जानकारी दिएका छन् ।

दुप्चेश्वर गाउँपालिका वडा नम्बर ७ सिम्टाङबाट वडा १ शिशिपुरतर्फ यात्रु लिएर जाँदै गरेको बा. ३ ख ३९१३ नम्बरको मिनी ट्रक हिजो साँझ दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्