निर्मलाकाे हत्या भएकाे १ सय ५० दिन पुग्याे

महेन्द्रनगर, पुस ८ । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तकाे बलात्कारपछि हत्या भएकाे आज १ सय ५० दिन पुगेकाे छ। तर, हालसम्म पनि हत्यामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गर्न सकेकाे छैन।

निर्मलाकाे गत साउन १० गते हत्या भएकाे थियाे। हत्या भएकाे भाेलिपल्ट मात्रै उनकाे शव नजिककैकाे उखुबारीमा भेटिएकाे थियाे। घटनालाई लिएर प्रहरीले दर्जनाैं व्यक्तिसँग बयान लिइसकेकाे छ।

प्रहरी अधिकारीसिहत एक दर्जनभन्दा बढीकाे डिएनए जाँचसमेत गराइस‍किएकाे छ। तर हालसम्म पनि हत्यारा काे हाे भन्ने प्रहरीले पत्ता लगाउन सकेकाे छैन।

यसैबीच निर्मलाकाे हत्या भएकाे लामाे समय बितिसक्दा पनि हत्यारा पत्ता लगाउन नसकेकाे भन्दै विराेध स्वरुप आज काठमाडाैंकाे नयाँ बानेश्वरमा प्रदर्शन गरिने भएकाे छ।

सडकमा ‘दण्डहिनताकाे १ सय ५० दिन’ लेखेर विराेध जनाइने परिवर्तनका लागि युवा अभियान नेपालले जनाएकाे छ। प्रदर्शन आज दिउँसाे ३:३० बजेका लागि ताेकिएकाे छ।

प्रतिक्रिया दिनुहोस्