साहित्यकार हरिहर ‘सविता’को निधन

चितवन, पुस ८ । साहित्यकार हरिहर रेग्मी ‘सविता’को शनिबार राति निधन भएको छ । भरतपुर महानगरपालिका–७, कृष्णपुर निवासी रेग्मीको राति ११ः३० बजे आफ्नै निवासमा ६८ वर्षको उमेरमा निधन भएको हो ।

साहित्यकार इन्द्र रेग्मीका अनुसार विसं २०२४ बाट साहित्यिक क्षेत्रमा लागेका रेगमीका महाकाव्य, कथा, कविता, काव्य गरी ७ पुस्तक प्रकाशित छन् ।

उनी पछिल्लो समय मधुमेह, पेट र आँखाको समस्याबाट पीडित थिए । साहित्य सङ्गम चितवनका संस्थापकमध्येका एक रेग्मी तत्कालीन नेकपा (माओवादी) निकट जनसांस्कृतिक महासङ्घ चितवनका पूर्वअध्यक्ष एवं केन्द्रीय सदस्यसमेत रहेका थिए । रेग्मीका एक श्रीमती, तीन छोरा र एक छोरी छन्। उनको आजै देवघाटमा अन्त्येष्टि गरिँदै छ ।

  • रासस
प्रतिक्रिया दिनुहोस्