टिप्पर दुर्घटनामा चालकको मृत्यु

रोल्पा, पुस ८ । रोल्पाको लुङ्ग्री गाउँपालिका–४ सर्पामा शनिबार बेलुका भएको टिप्पर दुर्घटनामा परी चालकको मृत्यु भएको छ । रा२ख १३७९ नम्बरको टिप्पर दुर्घटना हुँदा चालक ३५ वर्षीय देवबहादुर बस्नेतको घटनास्थलमै मृत्यु भएको हो ।

टिप्पर सडकबाट १५० मिटर तल खसेकाे थियो। मृतक चालक दाङ तुल्सीपुर उपमहानगरपालिका–१६ का स्थायी बासिन्दा रहेको प्रहरीले जनाएको छ ।

रुइनिवाङ–सिर्प सडकखण्डमा बाटो विस्तारका लागि प्रयोग गरिएको उक्त टिप्पर सर्पा भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको बताइएको छ। सडक छेउमा माटो फाल्ने क्रममा उक्त टिपर भासिएर दुर्घटनामा परेको हो । मृतकको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलीचौरमा ल्याइएको बताइएको छ।

  • रासस
प्रतिक्रिया दिनुहोस्