प्लानेट नेपाल २०१८ को विजेता बनिन् जेनिशा तामाङ

काठमाडौं, पुस ८ । जेनिथ मिडियाले आयोजना गरेको प्लानेट नेपाल २०१८ को विजेता बन्न सफल भएकी छिन् काठमाडौँ बालुवाटारकी १३ बर्षीय जेनिशा तामाङ । बिजेताको ताजसँगै नगद रु ५०,००० र काठमाडौं पोखरा काठमाडौं हवाई टिकट समेत जित्न सफल भएकी छिन् ।

उनले बिजेताको ताजसँगै बेष्ट सोसियलको अवार्ड टाईटल समेत जित्न सफल भएकी थिइन् । निर्णायक मण्डलीको अन्तिम प्रश्नलाई उत्कृष्ट ढंगले उत्तर दिँदै तथा मनमोहक प्रस्तुतिको साथमा उनले उक्त बिजेताको ताज पहिरहन सफल भएकी हुन् ।

युनिभर्स स्कुल बालुवाटारमा ८ कक्षामा अध्यनरत छात्रा जेनिशा तामाङ विद्यालयमा समेत राम्रो विद्यार्थीको रुपमा चिनिएकी छिन् । तेज दिमाग भएकी जेनिशा तामाङ पढाइसँगै अन्य आन्तरिक क्रियाकलापमा समेत उत्तिकै उत्कृष्ट रहेको उनका बाबा विनोद तामाङले बताए ।

स्थायी घर शिवपुरी ५ नुवाकोट भई काठमाडौँ महानगरपालिका बालुवाटार बसोबास गर्दै आएकी प्लानेट नेपाल २०१८ को बिजेता जेनिशा तामाङ भविष्यमा चर्चित मोडल नायिका तथा समाजसेवी बन्ने चाहना लिएकी छिन् ।

छोरी जेनिशा तामाङले प्लानेट नेपाल २०१८ बाट विनरको उपाधि हात पार्दा घर परिवार तथा समाजमा खुसियाली छाएको आमा जुना तामाङले बताइन् ।

प्रतिक्रिया दिनुहोस्