वडा सचिवले गरे विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

डडेल्धुरा,पौष ९। डडेल्धुराको भागेश्वर गाउँपालिका वडा नं. ५ सिराडमा रहेको शारदा माध्यमिक विद्यालयमा निजी स्रोतबाट पुरुस्कार स्वरुप शैक्षिक सामग्री वितरण गरिएको छ ।

सोमबार भागेश्वर गाउँपालिका वडा नं. ५ का वडा सचिव कल्याण ओडले आफ्नो निजी स्रोतबाट विद्यालयमा प्रत्येक महिनामा सबैभन्दा बढी हाजिर हुने कक्षा १ देखि २ सम्म विद्यार्थीलाई पेल्सिन, कक्षा २ देखि १० सम्मका विद्यार्थीलाई कलम र प्रत्येक शिक्षक स्टाफलाई जेल पेन वितरण गरेका हुन् ।

शिक्षा प्रेमी ओडले शारदा माध्यमिक विद्यालयलगायत ६ वटा विद्यालयमा शैक्षिक सामग्री वितरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्