उपक्षेत्रीय अस्पताललाई स्वास्थ्य मेसिनरी सामग्री

आशिष मल्ल/रेडियो युनिटी ।
डडेल्धुरा, पुस १०। डडेल्धुुुुरास्थित उपक्षेत्रीय अस्पताललाई स्वास्थ्य मेसिनरी सामग्री हस्तारण गरिएको छ। केयर नेपालको साझेदारीमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघमा सञ्चालित सम्मान परियोजनाले उक्त सामग्री हस्तारण गरेको हो। मंगलबार उपक्षेत्रीय अस्पतालमा एक कार्यक्रमकाबीच समग्री हस्तान्तरण गरिएको हो।

 नेपाल सरकारको समुदायमा आधारित नवजात शिशु स्याहार कार्यक्रमलाई सहयोग गर्दै आइरहेको उक्त संस्थाले अस्पताललाई एक थान ‘पोर्टेबल युभी रे भेन फाइन्डर’ र एक थान ‘ऐरटीयल ब्लड ग्यास एनालाइसीस मसिन’ प्रदान गरेको छ । साथै अस्पताललाई ५ थान पेङगुइन सक्सन समेत हस्तान्तरण गरिएको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका कार्यक्रम अधिकृत भीमबहादुर साउँदले जानकारी दिए।

सामग्री बुझ्दै उपक्षेत्रीय अस्पतालका निमित्त मेडीकल सुपरीटेन्डेन्ट डाक्टर जितेन्द्र कँडेलले अबबाट अस्पतालको एनआइसीयुको लेभल २ बाट लेभल ३ मा स्तरउन्नती भएको बताए। यी सामग्री प्राप्त गरेपश्चात बच्चहरुको नसा सजिलै पत्ता लगाउन सकिने उनको भनाइ छ। साथै उनले सुदुरपश्चिका कुनै अस्पतालमा नभएको ‘ऐरटीयल ब्लड ग्यास एनालाइसीस मसिन’ प्राप्त गरेपछि उपचार तथा रोग पत्ता लगाउन सजिलो हुने बताए।

कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुखले गणेशराज भट्टले आफू सदैव अस्पतालको हितको लागि लडेको र सेवा विस्तारका लागि सक्दो सहयोग गर्ने बताए। अमरगढी नगरपालिकामा नगरप्रमुख विशेश्वरप्रसाद ओझाले यस्ता कार्यले बामे सरीरहेको उपक्षेत्रीय अस्पताल डडेल्धुराको विस्तारै स्तरउन्नती हुने बताए।

विगत लामो समयदेखि नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले डडेल्धुरामा दलित, हलिया तथा स्वास्थ्यसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु सन्चालन गर्दै आइरहेको संस्थाका अध्यक्ष सुन्दर जैरुले बताए। विभिन्न समयमा स्वास्थ्यकर्मीहलाई क्षमता विकासका तालिमहरु प्रदान गर्दै आइरको उनले बताए। ‘नवजात शिसु स्याहार कार्यक्रमलाई सहयोग गर्नका लागि यी समग्रीहरु वितरण गरीएको हो।’ उनले भने ‘यसका साथै डडेल्धुराका विभिन्न स्वास्थ्य संस्थानहरुमा पनि सामग्री वितरण गर्ने योजना रहेको छ।’

प्रतिक्रिया दिनुहोस्