संयुक्त ग्यारेज बनाउँदै अमरगढी नगरपालिका

डडेल्धुरा,पुस १२ । अमरगढी नगरपालिकाले अव्यवस्थित रूपमा खोलिएका ग्यारेजलाई व्यवस्थापन गर्न संयुक्त ग्यारेज निमार्णको थालनी गरेको छ। सडक किनारमा अव्यवस्थित रुपमा खोलिएका ग्यारेजका कारण दुर्घटनाको जोखिम निम्त्याएको भन्दै संयुक्त ग्यारेज बनाउन लागेको हो।

सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको ‘ट्रान्जिट प्वाइन्ट’ मानिने डडेल्धुराको अमरगडी नगरपालिका–१ स्याउलेमा जथावाभी खोलिएका ग्यारेजका कारण सडकमा सवारी साधन तथा यात्रुलाई असर गरिरहेको भन्दै नगरपालिकाले १० लाखको लागतमा संयुक्त ग्यारेजको निमार्ण थालेको छ।

अव्यवस्थित रुपमा खोलिएका ग्यारेज बजार व्यवस्थानसँग जोडिएको र यत्रतत्र छरिएर रहेको ग्यारेजका कारण सवारी आवगमनमा समस्या भएका हुँदा अमरगढी–१ ढुन्ढुनेमा ग्यारेजलाई एकीकृत गरिन लागिएको नगरप्रमुख विशेश्वरप्रसाद ओझाले बताए। ‘नगर क्षेत्रमा अव्यवस्थित रुपमा ग्यारेजहरु खोलिएका छन्। यसले दर्घटना निम्त्याइरहेको छ।

ट्राफिक जाम पनि हुने गरेको छ।’ नगरप्रमुख ओझाले भने,‘त्यसैले छरिएर रहेका ग्यारेजहरुलाई एक ठाउँमा राख्ने र यस मार्फत नगरपालिकाको दीर्घकालिनरुपमा अम्दानी स्रोत जोड्ने ढंगले यो संयुक्त ग्यारेज निर्माण थालेका हौँ।’ सडक छेउमै खोलिएका ग्यारेजले सडकमै सवारीसाधन राखेर मर्मत गर्ने भएकाले दुर्घटना हुने सम्भावना भएकाले ग्यारेजको निमार्णपछि दुर्घटना न्युनिकरण हुने जिल्ला ट्राफिक कार्यालय डडेल्धुराका प्रहरी हवल्दार गोरखबहादुर खड्काले बताए।

ग्यारेज निमार्ण भएपछि सडक व्यवस्थित भइ फोहर समेत व्यवस्थान हुने नगरपालिकाको विश्वास छ। ग्यारेज निमार्ण कार्य सम्पन्न भएपछि त्यहाँका स्थानीयमा रोजगारको अवसर प्राप्त भई त्यहाँको व्यापार व्यवसाय फस्टाउने वडा नम्बर १ का वडाअध्यक्ष लोकबहादुर ऐरले बताए। ‘स्याउले बजारमा सडम छेउमै यत्रतत्र सवारी साधन मर्मत गरिँदै आएको थियो।’ वडाअध्यक्ष एरे भने, ‘यहाँ ढुन्ढुनेमा व्यवस्थित ग्यारेज बनेपछि दुर्घटना न्यूनिकरण हुन्छ।

यहाँ ग्यारेज खुलेपछि स्थानीय नागरिकको व्यापारव्यवसायमा पनि टेवा हुन्छ।’ निमार्ण सम्पन्न भएपछि जथाभावी खोलीएका ग्यारेजलाई उक्त स्थानमा सरिने भएकाले व्यवस्थित बजार हुने, दुर्घटनाको जोखीम न्युनिकरण हुने, सवारी आमगमना सजिलो तथा फोहोरसमेत व्यवस्थापन हुने अमरगढी नगरपालिकाले विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस्