बलात्कारको आरोपमा इलाममा दुई युवा पक्राउ

इलाम,पुस १२ । बलात्कार गरेको आरोपमा इलाममा बुधबार दुई युवक पक्राउ परेका छन् ।

पन्ध्र वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ पर्नेमा सन्दकपुर गाउँपालिका–४, माबुका सोम राई र झापा बुद्धशान्ति गाउँपालिका–४, बुधबारेका उत्तम राई रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार पीडित बालिकाको जाहेरीपछि दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ परेका दुवैलाई जिल्ला अदालत इलामबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्