डडेल्धुरा सदरमुकाममा आगलागी

डडेल्धुरा, पुस १३ । डडेल्धुराको सदरमुकाममा आगलागी भएको छ । जिल्लाको मुख्य बजारको रुपमा रहेको बागवजारमा शुक्रबार राती आगलागी भएको हो ।

बागबजारस्थित लक्ष्मी किराना पसलबाट आगलागी सुरु भएको हो । अहिले अमरगढी नगरपालिकाको दमकमले आगो निभाउने कार्य भइरहेको प्रहरीले जनाइको छ ।

साथै नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयहरुले आगो निभाउने प्रयास गरिरहेका छन् । आगलागीको पूर्ण विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्