कटरीनासँगको दोस्ती बारे दीपिकाले यस्तो भनेपछि…

काठमाडौं, मंसिर २९ । दीपिका पादुकोण र कटरीना कैफको सम्बन्धमा उतारचढावका समाचारहरु बेलाबेलामा आउने गरेका छन् ।

यसको कारण हुन् रणवीर कपूर । दीपिका पादुकोणले रणवीर सिंहसँग विवाह गरेकी छिन् । कटरीना पनि आफ्ना नीजि जीवनमा अगाडि बढिरहेकी छिन् र यस समय उनको पूरै ध्यान आफ्नो करियर मा छ ।

यस बीच दुबै जनाबीचको सम्बन्धमा सुधार आएको छ । केही दिन अघि दीपिकाले दिएको अन्तर्वार्तामा कटरीनासँग सम्बन्धका बारेमा बोलेकी छिन् ।

दीपिकाले फिल्मफेयरलाई दिएको अन्तर्वार्तामा आफूहरुको सम्बन्धलाई लिएर मानिसहरुले हल्ला फिजाएको बताएकी छिन् ।

आफ्नो मनमा कटरिनाको लागि सधै सम्मान रहेको बताएकी छिन् । यति धेरै वर्ष जुन रुपमा रहिन् यसको म सम्मान गर्छु उनी मेरो लागि प्रिय छिन् र हामीहरुको सम्बन्ध निकै शान्तिपूर्ण रहेको उनले बताएकी छिन् ।

कटरीना दीपिकाले दिएको पार्टीमा पनि सहभागी भएकी थिइन् । यसपछि दुबै अभित्रेनीहरुले एक अर्कालाई इन्स्टाग्रामा फलो गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्