डडेल्धुराकाे एक किराना पसलमा आगलागी हुँदा २० लाखकाे क्षति

ललित बोहरा/रेडियो युनिटी ।
डडेल्धुरा, पुस १४ । डडेल्धुराको सदरमुकाममा आगलागी भएको छ। शुक्रवार राति करिव ८.४५ बजेतिर जिल्लाको मुख्य बजारको रुपमा रहेको बागवजारमा आगलागी भएको हो। बागबजारस्थित लक्ष्मी किराना पसलबाट आगलागी हुँदा २० लाखभन्दा बढी क्षति भएको अनुमाग गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धराले जनाएको छ।

   

क्षतिको एकीन विवरण भने मुचुलका आएपछि मात्र जानकारी हुने जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरिक्षक डम्बरबहादुर केसीले बताए। यो भन्दा अगाडि पनि आगलागी भएको लक्ष्मी किराना पसल बागबाजारमा अचानक विद्युत् सर्ट हुँदा आगलागी भएको हुन सक्ने आशंका गरिएको छ।

आगलागीबाट किराना पसलमा गोदाममा रहेका सरसामानसहित नगद पुरै नष्ट भएको सञ्चालक नारायण भट्टले दाबी गरेको छ। खाद्यन बाहेक कस्मेटिका सामग्री समेत पसलमा रहेको प्रहरीले जनाएको छ।

अमरगढी नगरपालिकाको दमकलको सहायताले २ घण्टापछि आगलागीको पूर्ण विवरण नियन्त्रणा लिइएको थियो। आगोलाई नेपाल प्रहरी, शसस्त्र, नेपाली सेना र स्थानीयवासीले नियन्त्रणमा लिएका थिए।

अन्य वरिवरीका पसलहरुको समाग्रीमा पनि सामान्य क्षति पुगेको छ। अन्य ४ पसलहरुमा पनि आगलागी हुने आशंकामा पसलहरुको समाग्री पसलबाट बाहिर निकालिएका थिए।

प्रतिक्रिया दिनुहोस्