डडेल्धुरामा औपचारिक रुपमा नागरिक समाज गठन

डडेल्धुरा, पुस १४ । डडेल्धुरामा नागरिकका हक अधिकार र स्वतन्त्रताको संरक्षण गर्न स्वतन्त्र रुपमा नागरिक समाज डडेल्धुरा गठन भएको छ ।

राज्य, सरकार र शक्तिसंगको मध्यस्थ गर्ने स्वतन्त्र वुद्धिजिवि, समाजसेवि, सेवामा समर्पित संघसस्थाहरु, पेशागत संघसंस्थाहरु, अधिकारकर्मिहरु, नागरिक सरोकारका संस्थाहरुका प्रतिनिधिसहितको डडेल्धुरा नागरिक भेलाले शनिबार नागरिक अगुवा रमेश जोशीको संयोजकत्वमा २१ सदस्यीय समिति चयन गरेको हो ।

समितिको सदश्यमा क्रमसः मान बहादुर साउँद, टेकराज पाण्डेय, प्रेमबहादुर महर, गोविन्द खडायत, आरती जोशी, जमुनादेवी ऐर, मिना फूलारा, जयबहादुर ऐर, टेकराज अवस्थी, प्रदिपराज पन्त, नारायण दत्त जोशी, सुनिता गैरे, राजेन्द्र ठगुन्ना, शिवराज पाठक, पदमा भण्डारी, तिलकराज भट्ट, लक्ष्मी ऐर, रोजेन्द्र पनेरु, खेमराज पनेरु र केशव महताको संस्थागत रुपमा प्रतिनिधिव रहेको छ ।

गैरराजनितिक, गैरनाफामुखी तथा गैरसरकारी संगठनको रुपमा स्थापित सम्पन्न नागरिक भेलाले लोकतन्त्रप्रति प्रतिवद्ध अग्रगामी सुधारको पक्षपाति, मानव अधिकार रक्षा र वकालत गर्दै सम्बन्धित संस्थालाई सहि बाटोमा मार्गदर्शन र सचेत गराउने उद्देश्यले निष्ठावान समूहको रुपमा नागरिक समाज गठन भएको नवनिर्वाचित संयोजक जोशीले बताएका छन् ।

भेलाले सहभागितामुलक पद्धतिको विकास र विस्तार गर्ने, विभिन्न क्षेत्रको विकास र प्रर्वद्धनका लागी समन्वय कार्य भूमिका निर्वाह गर्ने, नागरिक सरोकारका विविध मुद्धाहरुलाई उठान गर्दै अपेक्षीत परिणाम हासील गर्न प्रयास गर्ने, विचार अभिव्यक्तिको आदानप्रदानबाट समाजलाई एकिकृत गर्न प्रेरित गर्ने, सामुहिक भावनाको विकास गर्दै विभिन्न ढंगको संजाल मार्फत सरकारलाई सहि मार्ग दर्शन तथा सचेत गर्ने गराउँने, राज्यको मुलधारसँग नजोडिएका, उपेक्षित पीडित वर्ग, क्षेत्र, लिङ्ग, समुदायमा नागरिक सचेतता प्रदान गर्दै उनिहरुको अधिकार प्राप्तिमा समेत सकारात्मक जागरण ल्याउने र आवश्यक सहयोग पु¥याउने जस्ता लक्ष्यहरु निर्धारण गर्दै नागरिकले पाउनपर्ने हक र निभाउन पर्ने कर्तव्यका बारेमा सबैलाई सजक गराउनेलगायतका कार्यहरु गर्ने बताइएको छ ।

नागरिक आवाजहरुको उठानका लागि विगतमा पनि जिल्लाका विविध विषयबस्तुहरुमा पैरवी गर्दै कतिपय समस्याहरु समाधानका लागि प्रसंशनिय भूमिका निर्वाह गर्दै आईरहेको भए पनि पछिल्ला समयमा राज्यका विभिन्न निकायहरु, स्थानीय तह र संघिय तथा प्रदेश सरकारहरुका कार्यशैलीहरु जनमुखी तथा सन्तोषजनक नभईरहेको भन्दै खबरदारी गर्ने जनताको अभिव्यक्तिमूलक संस्थाको रुपमा विकास र विस्तार गरिने पनि भेलाले उद्देश्य लिएको छ ।

२०६२÷०६३ को जनआन्दोलनदेखि अखण्ड सुदूरपश्चिमको आन्दोलन र त्यस पछिका जिल्ला स्तरिय गतिविधिहरुलाई समिक्षा गर्दै आगामी दिनहरुमा जिल्लामा उठने गरेका विविध विषयप्रसंग माथि नागरिक समाजले साझा मुद्धाको पहिचान गरि नेतृत्वदायी भूमिका निर्वाह गर्ने गरि अगाडी बढने संस्थागत प्रतिवद्धता पनि व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्