गोदावरीमा बाह्र राशि दर्शन मकर मेला लाग्ने

कैलाली,पुस १५ । कैलालीको गोदावरिमा यस बर्ष पनि बाह्र राशि दर्शन मकर मेलाको लाग्ने भएको छ । शनिबार गोदावरीमा बसेको आम भेलाले मकर मेला यहि पुस ३० गतेदेखी माघ १२ सम्म लगाउने निर्णय गरेको हो ।

यस पटक सुदुरपश्चिम प्रदेशको राजधानी गोदावरी र तेघरी घोषणा गरिएकाले पनि अझै धेरै उत्साहाका साथ मकर मेला सम्पन्न हुने मेलाका संयोजक एबम् गोदावरी धामका अध्यक्ष पदमराज जोशीले जानकारी दिनुभयो ।

मकर मेला सम्पन्न गर्नको लागी बिभिन्न समितीहरु पनि बनाइएको छ । मेलाको सुदुरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले उदघाटन गर्ने कार्यक्रमको तय भएको छ । जोशीले उदघाटन सत्रमा सुदुरपश्चिम प्रदेशका मन्त्री सांसद,स्थानिय जन प्रतिनिधी सबैको सहभागीतामा रहने जानकारी दिनु भयो । हरेक १२ बर्षमा कुम्भ मेला ,६ बर्षमा अर्ध कुम्भ र हरेक बर्ष मकर मेला लगाउने जोशीको भनाई रहेको छ ।

१२ दिन सम्म चल्ने मेला अवधिभर नव ग्रह शान्ति महा अनुष्ठान, विषेश पुजा तथा पाठ पारायण, लक्ष्य हवन, पितृकर्म लगायत आरती तथा भजन कृतन हुने छन । मेला अवधिभर सुदूरपश्चिम लगायत सिमावर्ती भारतका विभिन्न ठाउँहरुबाट लाखौ भक्तजनले दर्शन गर्ने अपेक्षा गरिएको छ । प्रत्येक वर्ष कुनै न कुनै राशीमा कुम्भमेलाको योग पर्ने भएकाले कुम्भमेलाको प्रतिकको रुपमा बाह्र राशी दर्शन मकर मेला आयोजना गरीएको हो ।

प्रतिक्रिया दिनुहोस्