अमेरिका बस्दै आएका बिष्टले डोटीको दुई गाउँपालिकालाई एम्बुलेन्स सहयोग गरे

  • 28
    Shares

डोटी,पुस १५ । डोटीको दुई गाउँपालिकालाई स्थानिय एक जनाले एम्बुलेन्स सहयोग गर्नु भएको छ । जिल्लाको जोरायल तथा बडीकेदार गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।

नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा डोटी जोरायल गाउँपालिका ५ गड्सेराका स्थानीय आनन्द बिष्टले दुईवटा एम्बुलेन्स हस्तान्तरण गर्नुभएको हो ।त्यँहाका दुई वटा गाउँपालिकामा एम्बुलेन्स नहुँदा स्थानीयवासी छिटो स्वास्थ्य सेवा पाउनबाट बञ्चित भएको भन्दै एम्बुलेन्स दिएको बिष्टले बताउनु भयो ।

अमेरिका बस्दै आउनु भएका बिष्टले २२ लाख रुपैयाँमा दुईवटा एम्बुलेन्स हस्तान्तरण गरिएको जानकारी दिनु भयो । उहाँले बिरामी नागरिकले छिटो अस्पतालसम्म पुगेर सेवा पाउनेछन् भन्ने अपेक्षा सहित एम्बुलेन्स खरिद गरेर दिएको बताउनु भयो ।

बिष्टले जोरायल गाउँपालिकामा शुक्रबार एक कार्यक्रमका गरी एम्बुलेन्स हस्तान्तरण गर्नु भएको थियो । यस्तै अर्को बडीकेदार गाउँपालिकाको एम्बुलेन्स शनिबार गाउँपालिकाकै कार्यालय खड्यौलीमा पुगेर हस्तान्तरण गर्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस्