धनगढीको माया मेट्रो अस्पतालमा घाँटीको क्यान्सरको सफल शल्यक्रिया

 

डोटी, पुस १५ । कैलालीको धनगढी, चटकपुरमा रहेको माया मेट्रो अस्पतालमा बिरलै मात्रामा हुने घाँटीको क्यान्सरको अति जटील शल्यक्रिया गरिएको छ । बैतडीको पुरचौडी नगरपालिका–८ गर्खाका २१ वर्षिया मोहनबहादुर कुँवरको घाँटीको भित्रि भागमा रहेको १० x ६ x  ५ सेन्टीमिटरको उक्त ट्युमर निकालिएको हो ।

अस्पतालका बरिष्ठ नाक, कान, घाँटी तथा टाउकोको रोग सम्बन्धी विशेषज्ञ डा. डि.आर.कँडेल नेतृत्वको टिमले उक्त सफल शल्यक्रिया सम्पन्न गरेको अस्पतालका लेखा प्रमूख धर्म बहादुर बोगटीले जानकारी दिए ।

शल्यक्रिया टिममा अर्का नाक, कान, घाँटी रोग विशेषज्ञ डा. अशोक श्रीपाइली, ओरल एण्ड म्याक्जीलोफ्यासीयल डा.अरुण महत तथा ऐनेस्थेसीयलोजिस्ट डा.मोहनराज भट्टराई पनि संलग्न रहेको जनाईएको छ ।

पाराफ्यारिन्जीयल स्पेस ट्युमर अन्तरगत पर्ने लो ग्रेड म्युको इपिडर्सोइड कार्सीनोसाको अप्रेशन नजिकै हुने ठुला कोषिका र धमनी तथा नशाको जोखिमका कारण उक्त स्पेसमा पुग्दाको जटिलताका दृष्टिकोणले यसलाई अति जटिल शल्यक्रिया मानिन्छ ।

हालै सञ्चालनमा आएको उक्त अस्पतालले नाक, कान, घाँटीका अन्य अपरेशनहरु टन्सीलको भी।टी।आई इन्सर्सन, कानको जाली फेर्ने, कानको हड्डी खिईएको, र्याल ग्रन्थीको ब्राङ्कियल फिस्टुला, नाकको हड्डी बाङ्गो भएको, घाँटीमा खाद्य अखाद्य पर्दाथ अड्किएको लगाएत दुरबिनबाट नाक, कान घाँटीको चेकजाच तथा सुनाईको जाँच र उपचार गरिरहेको छ ।

नाक, कान, घाँटी सम्बन्धी उपचारका लागी नेपालगञ्ज , काठमाण्डौ वा भारततिर जानुपर्ने यस भेगका जनताको समस्यामा अब धेरै सहजता आउने सो अस्पतालका अध्यक्ष धिरेन्द्र सावदले विश्वास व्यक्त गरे ।

नाक, कान, घाँटीका साथै सो अस्पतालमा जनरल सर्जरी, बाल रोग, स्त्री रोगको उपचार तथा प्रसुती सेवा, हाड जोर्नी, एनेस्थेसीया र रेडियोलोजी सेवाहरु प्रदान गर्दै आइरहको अस्पताल श्रोतले जनाएको छ ।

.सुदूरखबर

प्रतिक्रिया दिनुहोस्