गोदावरी आर्यघाटमा बृहत सरसफाई

कैलाली,पुस १५ । अत्तरिया जागरुक समाजले गोदावरी आर्यघाटमा बृहत सरसफाई गरेको छ । प्रदेश कै महत्वपूर्ण तिर्थ एबम आर्यघाट दुर्घन्धित भएको भन्दै अत्तरियाका जागरुक स्थानिय आँफैले सरसफाई गरेका हून् ।

जागरुक समाजले आर्यघाट आसपासको क्षेत्र, शब लैजाने बाटो लगाएतको ठाउँहरुमा सरसफाई गरेको हो ।आर्यघाटमा जथाभाबी लत्ता कपडा फालेर दुर्घन्धित भएको भन्दै सरसफाई गरिएको अभियानको नेत्रित्व गरेका ब्यबसायी दुर्गा पर्साइले बताउनु भयो । उँहाले यति ठुलो आर्यघाटको ब्यबस्थापन गर्न राज्यले ध्यान दिनु पर्नेमा त्यसो नभएकोले अभियान शुरु गरेको बताउनु भयो ।

आर्यघाट लथालिगं छ,खै सरकारमा बस्नेलाई थाहा छ कि छैन, उँहाले भन्नु भयो (प्रदेशको राजधानी सँग जोडीएको आर्यघाटको त्यस्तो अबस्था देखेपछि हामी आँफै जुट्यौ अब अर्को महिनाको १५ गतेपनी सरसफाई गर्छौ।

आर्यघाटको ब्यबस्थापनको लागी नगरपालिकाले पनि खासै चासो देखाएको छैन । उस्तै पनि गोदावरी नदीमा पानीको सतह कमा हुँदै गएको छ । जसको कारण शब जलाउन लैजाँदा जथाभाबी लुगा कपडा फालिदिने गर्नाले आर्याघाट र आसपासको क्षेत्र कुरुप बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्