हरैया शिबिरमा पाँच तारे होटल बन्ने

  • 9
    Shares

कैलाली,पुस १६ । कैलालीको गोदावरी नगरपालिका ७ स्थित हरैया शिबिरमा पाँच तारे होटल बन्ने भएको छ । शुकुम्बासी बस्दै आएको उक्त जग्गा पोखराको एक ब्यबसायीक कम्पनीले किनिसकेको छ ।

रणबहादुर शाहको नाममा रहेको उक्त जग्गालाई सौभाग्य रियल स्टेट हाउजिङ कम्पनीको नाममा पाँच जना व्यवसायीहरुले ४६ करोड रुपियाँमा किनेका छन् । झण्डै २३ बिगाहा भन्दा बढि जग्गा रहेको उक्त ठाउँमा पोखराका व्यवसायीहरुले एक अर्बभन्दा बढी लगानीको पाँच तारे होटल बनाउने योजना रहेको बताएका छन् ।

शनिबार धनगढीमा पत्रकार सम्मेलन गरेर कम्पनीको तर्फबाट व्यवसायी विमल बस्यालले होटेल खोल्ने योजना सुनाएका हून् । उनले जग्गा किने पनि २८ परिवार सुकुम्बासी अझै बसोबास गरिरहेको र थप २५ परिवार बस्न आउने तयारीमा रहेको खबर आफूले पाएको जानकारी दिए ।

उनले जग्गा पास गर्दासम्म ५१ करोड रुपियाँ खर्च भएको र थप तीन करोड रुपियाँ सुकुम्बासी व्यवस्थापनमा खर्चेको जानकारी दिए । हाउजिङ कम्पनीले नै यस अघि हरैयामा बसेकामध्ये ६२ परिवारलाई एक कट्ठाको दरले धनगढी उपमहानगरपालिकाको धुरझन्नमा जग्गा खरिद गरेर घर समेत बनाइ दिएको छ । ३७ परिवारले भने नगद दुई लाख आठ हजारका दरले रुपियाँ लिएको बस्यालले भनाई छ ।

द्धन्धकालमा उक्त शिबिर कब्जा गरेर तकालिन माओबादीले सुकुम्बासी राखेको थियो । तर अहिले पनि पटक पटक शिबिरमा सुकुम्बासी बिच बस्ने कि जाने भन्ने बिबाद हुने गरेको छ । शिबिरमा बिबाद हुने बित्तिक्कै उनिहरु बिप्लप माओबादीका स्थानिय नेताहरुकोमा छलफल गर्न पुग्ने गरेको स्रोतको भनाई छ ।

बिप्लप माओबदीले नै उक्त शिबिरमा बसेका सुकुम्बासीलाई त्यँहाबाट नहटन दबाब समेत दिने गरेको छ । बिप्लप माओबादीका एक नेताका अनुसार हरैया शिबिर अझै पनि बिप्लप माओबादी पार्टीकै कब्जामा रहेको छ । ति नेताले भने पार्टी केन्द्रको निर्णय अनुसार नै जग्गा कब्जामा थियो अब शिबिर खाली हुँदैन बरु थप परिवार आएर बस्छन्।

प्रतिक्रिया दिनुहोस्