कैलाली उद्योग बाणिज्य संघमा चुनावी माहोल तात्यो, तिन वटा प्यानल चुनावी मैदानमा

धनगढी,पुस १६ ।  पौष  आगामी पौष २८ गते हुने कैलाली उद्योग बाणिज्य संघमा नयाँ नेतृत्व चयनको रस्साकस्सी सुरु भएको छ । सर्बसम्मतीको प्रयास असफल भएपछि अब तीन प्यालन चुनावमै जाने लभगभ पक्का भएको छ ।


यस अघि तय भएको बैसाख २२ गतेको निर्वाचनका लागी प्यानल सहित उम्मेदवारी घोषणा गरेका वर्तमान कार्यसमितीका कोषध्यक्ष पुष्प कुँवर र महासचिव रुपेस स्वाँर संगै अहिले नयाँ प्यानल सहित वर्तमान सदस्य डिल्ली अवस्थीको टिम पनि चुनावी मैदानमा होमिएको छ ।
पहिलोपल्ट निर्वाचनको मिति तोकेको ८ महिनापछि तय भएको कैलाली उद्योग वाणिज्य संघको निर्वाचनमा तीन प्यानल चुनावी मैदानमा होमिएका हुन् ।

यस अघि नै चुनावी प्यानल घोषणा गरिसकेका स्वाँर र कुवँर प्यानल पछि अहिले नयाँ नेतृत्वको प्यानलको चर्चा पनि सुरु भएको छ ।
तीन पुर्व अध्यक्ष गोपाल हमाल, दिनेशराज भण्डारी र कर्ण कुवँरको साथ रहेकाले आफ्नो प्यानलको जित सुनिश्चत रहेको अध्यक्षका प्रत्यासि पुष्प कुँवरको दाबी छ ।

प्यानल सहित निर्वाचनमा होमिनु भएका बर्तमान महासचिव रुपेस स्वाँर पनि प्रचारप्रसारमा व्यस्त रहनु भएको छ । बर्तमान अध्यक्ष शंकर बोगटी, अत्तरिया उधोग बाणिज्य संघका अध्यक्ष तथा पुर्व अध्यक्षको समर्थन रहेकाले आफ्नो प्यानलनै निर्वाचित हुने अध्यक्षका प्रत्यासि स्वाँरको पनि दाबी छ ।

नयाँ प्यानल सहित अन्तिम समयमा वर्तमान कार्यसमिती सदस्य डिल्ली अवस्थी पनि मैदानमा उत्रिएपछि वजारमा नयाँ तरंग उत्पन्न भएको छ । । सो समुहबाट अध्यक्ष पदका लागी अवस्थी र उपाध्यक्ष पदका लागी जयराज न्यौपानले उम्मेद्धारी घोषणा गर्नुभएको छ । अन्य सदस्यको भने टुङ्गो लागेको छैन । बर्तमान कार्य समितिको सदस्य रहेका अवस्थी अग्रज व्यवसायीकै आग्रहले चुनावी मैदानमा उत्रिएको र आफुलैनै जित्ने दाबी गर्नु हुन्छ ।

व्यावसाियहरुको चुनावको मिती नजिकिदै जादा दलहरुको समेत सकृयता वढेको छ । कुँवर प्यानललाइ नेपाल कम्युनिष्ट पार्टि नेकपाको र स्वाँरलाइ कांग्रेशको समर्थन रहेको वताइन्छ । कांग्रेश निकट भएपनि अवस्थि भने आफुलाइ पार्टी भन्दा पनि व्यावसाियको सर्मथन रहेको वताउदै आएका छन ।

उद्योगा वाणिज्य संघलाइ कतिपय व्यापारीक नेताहले प्रतिष्टा संग जोडेपछि निर्वाचन जटिल र महंगो वन्दै गएको छ । यसलाइ राजनीती गर्ने थलो भन्दा पनि विशुद्ध व्यावसायिक संगठन वनाउन आम व्यावसायिले माग गरेका छन ।

गत वैशाख २२ गतेको साधारण सभा स्थगित हुनुअघि ५ हजार ९ सय ९० जना सदस्य रहेको कैलाली उद्योग वाणिज्य संघमा सदस्यता छानविन पश्चात् अहिले २ हजार सात सय २५ जनाले मतदान गर्न पाउँने भएका छन् ।

पौष १३ गतेदेखि सुरु हुने कैलाली उद्योग वाणिज्य संघको निर्वाचन कार्यतालिका अनुसार पौष १८ गते मनोनयन दर्ता र सोही दिन साँझ साढे ५ बजे मनोनयनको सुची प्रकाशन, १९ गते उजुरी छानविन १९ र २० गते विहान १० वजेदेखि ४ बजेसम्म उम्मेदवारी फिर्ता, २० गते साँझ साढे ५ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशनको कार्य तालिका बनाईएको छ । त्यसपछि पौष २८ गते विहान ८ बजे देखि दिउँसो ४ बजेसम्म मतदान गर्नका लागि निर्वाचन कार्य तालिका बनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्