सुदूरपश्चिमका मुख्यमन्त्री र प्रहरी महानिरीक्षक बिच भेटवार्ता

धनगढी,पुस १६ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल बिच आइतवार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय धनगढीमा भेटवार्ता भएको छ ।

दुवै जनाविच निर्मला पन्त हत्याकाण्डको अनुसन्धान लगायत प्रदेशको समग्र सुरक्षा अवस्थाका विषयमा छलफल भएको मुख्यमन्त्रीका स्वकिय सचिव शिव ओलीले जानकारी दिनुभयो । मुख्यमन्त्री भट्टले निर्मला पन्त हत्या काण्डको अनुसन्धान लाइ चाँडो निश्कर्षमा पु¥याउने विषयमा प्रहरी प्रमुखको ध्यानाकर्षण गराउनुभएको थियो

। त्यस्तै प्रदेश प्रहरी गठन लगायत समग्र प्रदेशको सुरक्षा अवस्थाका विषयमा पनि दुवैजनाविच कुराकानी भएको थियो । मुख्यमन्त्री संगको भेटमा प्रहरी महानिरीक्षक खनालले निर्मला हत्या घटनालाइ प्रहरीले सुक्ष्म तरिरकाले अनुसन्धान गरीरहेको र आफु समेत त्यसमा खटेको वताउनुभएको स्वकिय सचिव ओलीले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्