बैतडीमा छोरीले दिइन् मृतक बाबुलाई दागबत्ती

  • 171
    Shares

बैतडी,पुस १६ । बैतडीको सिगास गाउँपालिकाकी एक महिलाले आफ्ना बाबुको मृत्यु हुदाँ आफैले दागबत्ती दिएकी छिन् । बैतडीको सिगास गाँउपालिका वडा नं–७, ओखडानका ७२ वर्षीय रघुवीर ऐरको मृत्यु हुँदा उनकी छोरी बेलमतीले मलामी गएरै बुवालाई दागबत्ती दिएकी हुन् ।

मृतक ऐर गाँउका मुखिया समेत रहेका हुनुहुन्थ्यो ।महिलाले शवलाई छुनै नहुने सामाजिक परम्परा भए पनि बेलमतीले भने आफ्ना दाजुभाई कोही नभएकाले आफू नै सन्तानको रुपमा हुँदा मृतक बाबुलाई दागबत्ती दिएको बताइन् ।

मलामी गएका अन्य गाउँलेहरुले पनि मृतककी छोरीले दागबत्ती दिने इच्छा देखाउँदा उनको इच्छालाई नकार्न नसकेको स्थानीय वीरेन्द्र ऐरले बताउनुभयो । मृतक ऐरकी छोरी ५ घण्टा पैदल हिँडेर सिगास गाँउपालिकाको वडा नं–६ मौरिबगरमा रहेको सेती नदीको किनारमा बाबुको अन्तिम संस्कारमा सहभागी भएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्