बिद्यार्थीहरुले गरे बिद्यालय प्रशाासनमा तालाबन्दि

बैतडी,पुस १६ । बैतडीको दोगडाकेदार ३ श्रीकोटमा रहेको चनैराज माध्यमिक बिद्यालय प्रशासनमा आइएस्सी एजीका बिद्यार्थीहरुले तालाबन्दी गरेका छन्।


अन्य बिद्यालयको तुलनामा शुल्क महंगो भएको र शुल्क अनुसारको सुबिधाहरु केहि नभएकाले पटक—पटक बिद्यालय प्रशासनको ध्यान आर्कषण गराउदाँ समेत बेवास्ता गरेको भनी बिद्यार्थीहरुले तालाबन्दी गरेकाहुन्। बिद्यालयमा छात्रबास नभएको, ब्यवस्थीत शौचालय नभएको र आइएस्सी एजीको पढाई शुल्क देशभरकै भन्दा महगो भएको हुदाँ आफुहरु आन्दोलित भएको नेपाल बिद्यार्थीसंघका इकाई उपाध्यक्ष त्रिस्पा चौधरीले बताए।

अन्य बिद्यालयहरुमा १ लाख ६०हजार देखि १ लाख १९ हजारसम्म मात्रै जम्मा हुने तर आफुहरुले भने २ लाख ४६ हजार तिर्नुपरेको उनले बताए। अझ यसबर्ष मात्रै भर्ना भएका बिद्यार्थीको भने १ लाख ९० हजारनै शुल्क रहेको तर दोश्रो ब्याजका बिद्यार्थीहरु ३७ जनाका लागी शुल्क महंगो गरिएको उनले बताए।

तालाबन्दीका बिषयमा बिद्यालयका प्रधानाध्यापक कैलाशकुमार भट्टले भने आफु जिल्ला बाहिर रहेकाले बिस्तृत जानकारी नपाएको बताए। राम्रो ब्यवस्थापन नभएको बिषयमा भने पहल गरिने उनले बताए। तालाबन्दी गर्ने बिद्यार्थीहरुले भने, आफुहरुका माग सम्बोधन नभएसम्म ताला नखोल्ने जनाएकाछन्।

अरु बिद्यालयमा जस्तै सेवासुबिधा नदिन सकेमा शुल्क घटाउनुपर्ने आफुहरुको माग रहेको बिद्यार्थी दिपेन्द्र थापाले बताए। बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष घनस्याम भट्टले भने, यस बिषयमा छलफल गर्न २ चोटी बोलाएको बिद्यालय ब्यवस्थापन समितिको बैठक गणपुरक संख्या नपुगेकाले बस्न नसकेको र अब छिट्टै बैठक बसि बिद्यार्थीहरुका हरेक सवालहरुमा छलफल गरिने बताए।

प्रतिक्रिया दिनुहोस्