गन्यापधुरा गाँउपालिकामा माछापुछ्रे बैंक

  • 125
    Shares

डडेल्धुरा पुष १८ – माछापुछ्रे बैंक डडेल्धुरा शाखालेले आफ्नो दोस्रो शाखा रहित सेवा केन्द्र विस्तार गरेको छ । जिल्लाको गन्यापधुरा गाँउपालीका वडा नम्बर २ गणेशपुर वडालमा बैंकले दोस्रो शाखारहित सेवा केन्द्रको स्थापना गरेको हो ।

मंगलवार गाँउपालिका प्रमुख नबल बहादुर मल्लको प्रमुख आथित्यमा आयोजना भएको एक कार्यक्रमका बिच सेवा केन्द्रको उद्धघाटन भएको छ । सेवा केन्द्रको उद्धघाटन माछा माछापुछ्रे बैंक लिमीटेड सुदुपश्चिम प्रदेशका प्रमख हरी ऐरले गरेका हुन ।

भागेश्वर गाँउपालीका वडा नम्बर २ रुपालमा पहिलो सेवा केन्द्रपछि गन्यापधुरामा दोस्रो सेवा केन्द्र संन्चालन गरीएकोे बैकंका शाखा प्रबन्धक नारायणप्रसाद ढकालले जानकारी दिए । उक्त सेवा केन्द्र स्थानीय सुरेन्द्रबहादुर मालीले संचालन गर्ने ढलकाले बताए ।

प्रतिक्रिया दिनुहोस्