‘युनिटी वृहत साँस्कृतिक’ महोत्सव भोलिबाट : महोत्सवको उद्घाटन पर्यटन मन्त्री रविन्द्र अधिकारीले गर्ने 

डडेल्धुरा, मंसिर २९- ‘युनिटी वृहत साँस्कृतिक महोत्सव २०७५’ आइतबारबाट सुरु हुँदैछ । सामुदायिक रेडियो युनिटी ९२.२ मेगाहर्ज डडेल्धुरा, आफ्नो प्रशारण यात्राको तेस्रोे वर्ष पूरा गरी चौथो वर्ष प्रवेश गरेको अवसरमा वृहत साँस्कृतिक महोत्सवको आयोजना गर्न लागेको हो ।

रेडियोले ‘स्थानीय भाषा, कला, संस्कृतिको संरक्षण र कृषि उपजहरुको सम्वद्र्धन हाम्रो अभियान, बृहत साँस्कृतिक महोत्सव मार्फत सुदूरपश्चिम प्रदेशको पहिचान’ भन्ने मूल नाराका साथ पुस १ गतेदेखि ३ गतेसम्म डडेल्धुराको टुँडिखेलमा ‘युनिटी वृहत साँस्कृतिक महोत्सव २०७५’ को आयोजना गरेको हो ।

महोत्सवको सम्पूर्ण तयारी पुरा भएको रेडियोका स्टेशन म्यानेजर उत्तर विष्टले जानकारी दिएका छन् । आफनो संस्कृति रितिरीवाजको संंरक्षण र संम्वद्धन गर्ने र यहाँका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्धेश्यले महोत्सवको आयोजना गरिएको उनले बताए ।

महोत्सवमा राष्ट्रिय डोटेली कलाकारहरुका साथै स्थानीय कला संस्कृतिको प्रस्तुति रहने भएको छ । महोत्सवको उद्घाटन नेपाल सरकारलका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले गर्ने कार्यक्रम रहेको छ । आइतबार बिहान ११ बजे मन्त्री अधिकारीले महोत्सवको उद्घाटन गर्ने जनाइएको छ ।

महोत्वसको पहिलो दिन बसपार्कबाट झाँकीसहित तुफानडाँडा हुँदै टुँडिखेलसम्म ¥याली निकालिने आयोजकले जनाएको छ । आइतबार नै मंगलगायन, सगुना, बडाई प्रर्दशनी, रुद्रीवाचन गर्ने कार्यक्रम रहेको छ । यस्तै बडालको चौलो, दाईन बजाउने प्रतियोगिता, हुड्केउली र विभिन्न कलाकारका प्रस्तुती समेत रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्