धनगढी विमानस्थल आठ दिनपछि सूचारु

 


फोटो फाइल
धनगढी,पुस १९ मर्मतको लागी भन्दै बन्द गरिएको धनगढी विमानस्थल आठ दिनपछि पूर्ण रुपमा सूचारु भएको छ। धावनमार्ग मर्मत कार्य सम्पन्न भएपछि बुधबार देखी विमानस्थल नियमितमा सुचारु भएको धनगढी बिमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले बताउनु भयो ।

बिमानस्थल सुचारु भए सँगै निजी र सरकारी बिमान कम्पनीहरुहरुले आ आफ्नो सेवा सुचारु गरेका छन् ।बुद्ध र श्री एयरलाइन्सले बिहान र साँझ गरेर दैनिक दुई/दुई वटा र नेपाल एयरलाइन्सले दैनिक एक उडान भर्न सुरु गरेका छन्

प्रतिक्रिया दिनुहोस्