धुर्मुस र सुन्तली यही पौष २१ गते शनिबार डडेल्धुरा आउने

ललित बोहरा, डडेल्धुरा पौष १९- । नेपालका चर्चित हाँस्यब्याङग्य कलाकार तथा सामाजिक अभियान्ताद्वय सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) डडेल्धुराको सदरमुकाम बागबजारमा आउने भएका छन ।

सन नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड डडेल्धरा शाखाले पौष २१ गतेका दिन आयोजना गर्न लागेको विमा जागरण तथा अभिकर्ता सम्मान कार्यक्रममा सहभागी हुन कलाकारद्वय धुर्मुस र सुन्तली डडेल्धुरा आउने भएका हुन् ।

सन नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड डडेल्धुराले पौष २१ गते सनिबार जिल्ला सदरमुकाम बागबजार बसपार्कमा विमा जागरण तथा अभिकर्ता सम्मान कार्यक्रमको आयोजना गर्न सन नेपाल डडेल्धराका शाखाका प्रमुख दिपेन्द्र कुमार शाहले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्