गएराती डडेल्धुरा सदरमुकाममा आगलागी, ६ लाख रूपैयाँ बराबरकाे क्षति

डडेल्धुरा – डडेल्धुराकाे सदरमुकाम वगरकोटकाे एक हाेटमा अागलागी भएकाे छ । जिल्लाकाे अमरगढी, ५ बगरकोटरोडस्थित जितबहादुर तमोलीको होटेलमा आगलागी हुँदा साढे ६ लाख रूपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरीका कार्यालय डडेल्धुरा ले जनाएको छ ।

बुधबार राती साढे ११ बजे होटेलको भट्टीबाट आगोको झिल्लका उडेर काठ र जस्ताले छाएको छानामा परी आगलागी भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी नायव उपनिरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए ।

करिब २ घण्टापछि अमरगढी नगरपालिको दमकल, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रमा आए पनि होटेल पूर्ण रुपमा जलेको छ ।

अागलागीमा परी होटेलका सामग्री लगायतका सबै समानहरु जलेर नष्ट भएको र अमरगढी नगरपालिका डडेलधुराले पठाएको दमकल समयमै पुग्दा अन्य पसलहरुमा ठूलो क्षति हुनबाट जोगिएको छ । एक सता पहिले डडेलधुराकै एक पसल आगलाली हुँदा करिब २० लाख बराबरकाे क्षति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्