डडेल्धुराको उपक्षेत्रीय सहित ५ अस्पताललाई विशेषज्ञ सेवा दिने अस्पतालमा विस्तार गर्न मन्त्रिपरिषद्को सैद्धान्तिक सहमति

काठमाडौं- सरकारले देशका ५ वटा अस्पतालको क्षमता विस्तार गर्ने भएको छ। मन्त्रिपरिषद्को बैठकले ५ अस्पताललाई विशेषज्ञ सेवा दिने अस्पतालमा रुपान्तरण गर्न सैद्धान्तिक सहमति दिएको हो।

मन्त्रिपरिषद्ले कोशी अञ्चल अस्पताल, नारायणी उपक्षेत्रिय अस्पताल, भरतपुर अस्पताल, भेरी अञ्चल अस्पताल र डडेलधुरा उपक्षेत्रिय अस्पताललाई विशेषज्ञ सेवा सहितको अस्पतालमा रुपान्तरण गर्न सहमति दिएको सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्