सुदूरपश्चिम खप्तड गोल्डकपको तयारी अन्तिम चरणमा

धनगढी– तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ।

आगामी पुस २४ गते सुरु प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबका अध्यक्ष सुरेश हमालले बताए।

पत्रकार सम्मेलनमा आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबले लगाउने जर्सी पनि सार्वजनिक गरिएको छ । सुन्तला र निलो रंङगा २ वटा जर्सी सार्वजनिक गरिएको हो।

प्रतियोगितामा आयोजक सुदूरपश्चिम– ११ स्पोर्टस क्लब सहित ए डिभिजन क्लबहरु मनाङ मस्याङ्दी, थ्रीस्टार, संकटा, च्यासल युथ क्लबले भाग लिने पक्का भएको छ। यस्तै नेपाल पुलिस र  नेपाल एपिएफ क्लबले सहभागिता जनाउने छन्। गोर्खा ब्वाईज स्पोर्टस रुपन्देही, काकरभित्ता टेनिङ सेन्टर झापा र  मोरङ ११ स्पोर्टस क्लबले पनि भाग लिनेछन्।  विदेशी क्लबमा भारतको र क्यामरुनको १–१ टिम आउने छन्। भारतको दिल्ली एफसी र क्यामरुनको धाउफिन्स टिम फ्यामिली क्लब आउने भएका छन् ।

यस्तै प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सुप–११ स्पोर्टस क्लब र झाडाको मेची नेत्रालय काकरभित्ता फुटबल ट्रेनिङ सेन्टरले प्रतिस्पर्धा गर्नेछन्। सहभागी १२ टीमलाई ६–६ वटा गरेर दुई समुहमा विभाजन गरिएको छ। टाइसिट भने सार्वजनिक गरिएको छैन।

विजेताले नगद २१ लाख र उपविजेताले नगद १० लाख हात पार्नेछ । उत्कृष्ट खेलाडीले मोटरसाइकल,  विधाका खेलाडीले जनही १५–१५ हजार पाउने आयोजकले जनाएको छ । प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिने छ । प्रतियोगिता माघ ५ गतेसम्म संचालन हुनेछ।

प्रतिक्रिया दिनुहोस्