मध्यराति डडेल्धुरा सदरमुकाममा आगलागी, तीन पसल जलेर नष्ट

  • 124
    Shares

ललित बोहरा, डडेल्धुरा षौष २० – सदरमुकाम अमरगढीस्थित बागबजारमा अगलागी हुँदा ३ पसल जलेर नष्ट भएका छन्। अमरगढी– ५ बागबजारमा राति १२ बजे आगलागी हुँदा ३ वटै पसल पूर्ण रुपमा जलेको जिल्ला प्रहरीका कार्यालय डडेल्धुराले जनाएको छ।

आगलागीको कारण खुल्न नसके पनि मानसिक सन्तुलन गुमाएका व्यक्तिले आगो लगाएको हुनसक्ने डडेलधुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए। पनेरु तरकारी पसल, स्काई फोटो स्टोडीयो, नाम नखोलिएको नास्ता पसलमा अगलागी भएको हो।


करिब १ घन्टापछि अमरगढी नगरपालिकको दमकल, नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना स्थानीयको सहयोगमा आगो नियन्त्रमा लिइएको थियो।

बुधबार र एक सता पहिले डडेल्धुराकै २ वटा पसलमा आगलागी हुँदा करिब २७ लाख बराबरको क्षति भएको थियो।

प्रतिक्रिया दिनुहोस्