जिल्ला अपाङ्ग कल्याण सेवा समितिको अध्यक्षमा अवस्थी चयन

डडेल्धुरा, पुस २० । जिल्ला अपाङ्ग कल्याण सेवा समिति डडेल्धुराको अध्यक्षमा गणेशप्रसाद अवस्थी चयन भएका छन् । शुक्रबार जिल्ला सदरमुकाममा सम्पन्न समितिको आठौँ साधारण सभा तथा पाँचौँ जिल्ला अधिवेशनले अवस्थीको अध्यक्षमा ९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । उक्त समितिको कार्यकाल तीन वर्ष रहनेछ ।

अध्यक्ष अवस्थीले तीन वर्ष अपाङ्गता भएका व्यक्तिहरुको सवालमा नयाँ ढंकबाट अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अमरगढी नगरपालिकाका उपप्रमुख संगीता भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा समितिका निवर्तमान अध्यक्ष सुभाष साउँदले आर्थिक तथा संगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्