डडेल्धुरामा भएको आगलागीमा ६० लाखको क्षति

डडेल्धुरा, पुस २० ।  डडेल्धुरा सदरमुकामस्थित बागबजारमा गएराति आगलागी हुँदा ३ पसल जलेर नष्ट भएका छन् । अमरगढी– ५, बागबजारमा राति १२ बजे आगलागी हुँदा ३ वटै पसल पूर्ण रुपमा जलेको जिल्ला प्रहरीका कार्यालय डडेल्धुराले जनाएको छ ।

आगलागीबाट पनेरु तरकारी पसल, स्काई फोटो स्टोडियो र अर्को एक नास्ता पसल जलेका हुन् । आगलागीबाट ६० लाखा बराबरको क्षति भएको अनुमान गरिएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिएका छन् । आगलागीको कारण भने खुलेखको छैन ।

आगलागीको १ घन्टापछि अमरगढी नगरपालिकाको दमकल, नेपाल प्रहरी, ससस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगको आगो नियन्त्रणमा आएको थियो ।

डडेल्धुरामा एक साताको अन्तरालमा भएको यो तेस्रो आगलागी हो । यसअघि डडेल्धुराकै २ वटा पसलमा आगलागी हुँदा करिब २७ लाख बराबरको क्षति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्