घटाल क्षेत्र विकास समाजको अध्यक्षमा बोहरा

शेर भण्डारी

डडेल्धुरा, पुस २१ – घटाल क्षेत्र विकास समाज अमरगढी नगरपालीका वडा ३ डडेल्धुराको अध्यक्षमा कृष्णराज बोहरा चयन भएका छन् । शनिवार डोटी घटालमा भएको १२ औँ सधारण सभाले अध्यक्षमा बोहरा सहित ९ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो ।

त्यस्तै उपाध्यक्षमा विरबहादुर साउँद, कोषाध्यक्षमा डम्बरुदेवि भण्डारी, महासचिवमा मेघराज बोहरा, सचिवमा बिक्रमबहादुर साउँद चयन भएका छन । त्यस्तै सदस्यमा तिर्थबहादुर साउँद, धर्म सिंह बिष्ट, नरपता सेठि र बिरबहादुर साउँद चयन भएका छन् ।  यस्तै सधारण सभाले तिन सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । सल्लाहाकार समितिमा प्रेम राज बोहरा, लक्ष्मी टमटा र गणेश भण्डारी चयन भएका छन् । साधारण सभामा बोल्दै नव नियुक्त अध्यक्ष बोहराले आफुले मात्रै घटाल क्षेत्रको विकास गर्न नसक्ने भएकाले आफ्नो कार्यकालमा यहाँका स्थानीयहरुको साथ सहयोग अपरिहार्य रहेको बताएका छन् ।

उनले आगामी दिनमा घटाल क्षेत्रको विकास गर्नका लागी यहाँ रहेका सामुदायीक वन, वडा कार्यालय र नगरपालीकासँग समन्व्य गरेर अगाढी बढ्ने बताएका छन् । अमरगढी नगरपालीका वडा नंम्बर ३ का अध्यक्ष गोविन्दराज बोहराको आथित्यमा सम्पन्न भएको साधारण सभामा समितिका निवर्तमान महासचिव राजेन्द्र ने जैशिले गत तिन वर्षकको आय–व्यय प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्