कैलालीमा सालको काठ सहित दुईजना पक्राउ

धनगढी,पुस  २२ । सशस्त्र प्रहरीले कैलालीमा सालको काठ सहित दुईजनालाई पक्राउ गरेको छ।धनगढी उपमहानगरपालिका १२ जुगेडा ुबीु गाउँबाट झण्डै सवा एक लाख बराबरको सालको कडी र फ्रेम सहित उनीहरुलाई पक्राउ गरिएको हो ।

सशस्त्र प्रहरी नायब नीरिक्षक राकेश धामीको नेतृत्वको टोलीले आज बिहान ८ बजेतीर धनगढी १० जुगेडाका ५५ वर्षिय रमेश राना र वडा नम्बर १२ का ४२ वर्षिय भागिराम चौधरीलाई काठ सहित पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वाटर कैलाली नम्बर ३४ गणले जनाएको छ।

उनिहरुबाट ६९ सालका कडी र दुईवटा फ्रेम पनि बरामद गरिएको छ। बरामद गरिएको काठ सहित पक्राउ परेका दुवैजनालाई सशस्त्र प्रहरीले आवश्यक कारवाहीका लागि जिल्ला वन डिभिजन कार्यालयको जिम्मा लगाएको जनाएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्