प्रदेश सांसद मल्लले दिए डडेल्धुराका आगलागी पीडीतलाई १ महिनाको तलब

आशिष मल्ल/डडेल्धुरा पुष २६ – अमरगढी सदरमुकाम बागबजारका आगलागि पिडीत १६ विभिन्न पसलका घर परिवारको पुर्नस्थापना र राहत कार्यका लागि विहिवार देखि पहल सुरु भएको छ ।

नेपाली काँग्रेस डडेल्ध’राका सभापती एवंम सुदुर पश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले आफनो १ महिनाको तलव ४१ हजार नगद दिएर सहयोगको थालनी गरेका छन विहिवार अग्नी पिडितहरु संगको छलफलमा सांसद मल्लले अग्नी पिडित हरुको पुर्नस्थापनाका लागि सुदुरपश्चिम प्रदेशबाट तत्काल प्रति व्यवसायी १ लाख नगद र व्यापार स्थापनाका लागि उचीत स्थानका लागि सदनबाट पहल गर्ने र त्यसका लागि मुख्यमन्त्री, मन्त्री तथा अन्य सांसदहरु संग समेत छलफल गर्ने बताए ।

राहतका लागि प्रदेशमा मात्र नभई केन्द्रमा समेत पहल गर्ने उनले जानकारी दिए । नेपाली काग्रेसका पार्टि सभापती एवं पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको गृह जिल्ला भएका कारण राहत केन्द्रबाट समेत आउने मल्लले जानकारी दिए । गत साता लगातार भएको आगजनीका कारण ठुला साना गरी सदरमुकाम बागबजार १६ वटा पसल र १ घर ध्वस्त हुँदा ढेड करोड बढीकोे क्षती भएको थियो ।

प्रतिक्रिया दिनुहोस्