डडेल्धुरामा पनि मनाइयो पृथ्वी जयन्ती

  • शेर भण्डारी

डडेल्धुरा, पुस २७ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै पृथ्वी जयन्ती आज डडेल्धुरामा पनि विविध कार्यक्रम गरि मनाइएको छ ।

शुक्रबार डडेल्धुरा सदरमुकाममा पृथ्वी जयन्तिको अवसरमा २९७ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस आयोजक समिति डडेल्धुराद्वारा पृथ्वी नारायण शाहाको तस्विरमा माल्यापर्णका साथै विविध कार्यक्रम गरिएको छ ।

नेपालबाट राजतन्त्र हटेसंगै मनाउन छोडिएको पृथ्वी जयन्ती डडेल्धुरामा पनि विविध कार्यक्रम गरि मनाइएको हो । वि.स १७७९ पुस २७ मा जन्मिएका पृथ्वीनारायण शाहले विभिन्न बाइसे र चौबीसे राज्यहरुलाई एकीकृत गरेर आधुनिक नेपालको निर्माण गरेका थिए ।

कार्यक्रममा बोल्दै २९७ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस आयोजक समिति डडेल्धुराका संयोजक गोविन्द खडायतले पृथ्वी नारायण शाहाले नेपाल एकिकरणमा पुर्याएको योगदान कसैले भुल्न नहुने बताए ।

उनले पृथ्वीनारायण शाहले एकीकरण गरि निर्माण गरेको देशको पछिल्लो राजनीतिक अवस्था हेर्दा निकै नाजुक रहेको बताए ।

आधुनिक नेपालका निर्माता शाहको जयन्ती मनाउन पाएपछि खुशी महसुस गरेको नागरिक समाज डडेल्धुराका अध्यक्ष रमेश जोशी ले बताए । उनले पृथ्वीनारायण शाहले एकीकरण गरेको मुलुकलाई एक राख्ने जिम्मेवारी अहिले सबै सचेत नागरिकको काँधमा रहेकाले राष्ट्रिय एकताका लागि सहकार्य र हातेमालो गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्