डडेल्धुरा: विदाको दिन पनि सरकारी गाडीमा सयर

  • आशिष मल्ल

डडेल्धुरा पुष २८ – सरकारले विदाको दिनमा सरकारी गाडी चलाउन कडाई गरेपनि त्यसको पालना भएको छैन । गृहमन्त्री रामवहादुर थापाले पछिल्लो समय अनावश्यक सरकारी गाडीको प्रयोग रोक्ने वताएपनि नियन्त्रण हुन सकेको छैन ।

सरकारले सार्वजनिक विदाको दिनमा अत्यन्त जरुरी काम परेमा प्रमुख जिल्ला अधिकारीको स्वकृति लिएर मात्र सरकारी सवारी चलाउन पाउने नीति बनाएपनि त्यसको व्यवहारमा कार्यान्वन भएको पाईदैन ।

डडेल्धुरामा पनि सार्वजनिक विदाको दिनमा सरकारी गाढी चलाउने परीपाटी रोकीएको छैन । यस्तैका शनिवार डडेल्धुरा सदरमुकामको कित्र्तिपुरमा सरकारी मोटरसाइकल चलाइएको पाइएको छ ।भु–तथा जलाधार व्यवस्थापन कार्यालयको से १ प २७७ नम्बरको मोटरसाइकल एक कर्मचारीले खुलेआम चलाएको पाइएको हो ।

यसैगरी विदाको दिनमा समेत जिल्लाका विभिन्न कार्यालयका गाढीहरु चल्ने गरेको सर्वसाधारणले जानकारी दिएका छन । सार्वजनीक विदाको दिन पनि खुलेआम सरकारी गाढी चल्दा जिल्ला प्रशासन भने मौन देखीएको उनिहरुले आरोप लगाएका छन ।

प्रतिक्रिया दिनुहोस्