केन्द्र सरकार मातहतका आयोजना प्रदेशमा नतान्न देउवाको आग्रह

डडेल्धुरा, पुस ३० । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्र सरकार मातहतका आयोजना प्रदेश मातहतमा नल्याउन आग्रह गरेका छन्।

सोमबार परशुराम धार्मिक, पर्यटन महामहत्सवको उद्घाटन गर्न परशुराम धाम पुगेका देउवाले प्रदेश सरकारसँग ठूला योजनाका लागि बजेट नभएकाले सिधै केन्द्रसँग योजना माग्न उनले स्थानीय तहलाई आग्रह गरेका हुन्।

‘विकास निमार्णका योजनका लागि सिधै केन्द्रमा धाउनुस्, संघिय सरकारसंग आवश्यक बजेट नै नभएकाले केन्द्रका योजना प्रदेशमा तान्नु हुन्न।’ पूर्व प्रधानमन्त्री समेत रहेका देउवा भने, ‘महाकालीमा पुल निमार्णको लागि भारतका प्रधानमन्त्रीसँग कुरा भएको थियो तर, स्थान तोक्न नसकिएकाले पहल अगाडि बढ्न सकेको थिएन।’ पुल निमार्ण गर्न सके यस क्षेत्रमा पर्यटक तथा तमाम भक्तजनहरुलाई भित्र्याउन सकिने भएकाले आर्थिक समृद्धिको ढोका खुल्ने उनको भनाइ थियो।

परशुराम धाम धार्मिक हिसाबले निकै महत्पूर्ण तीर्थस्थल भएको बताए। परशुराम धामलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्नेमा उनको जोड थियो। चुनाव जितेपछि दोस्रो पटक गृहजिल्ला आएका देउवाले आफूले जिल्लाको विकासका लागि थुप्रै काम गरेको जिकिर गरे। ‘यहाँका विकास निर्माणका काम मैले के गरें म यसबारे धेरै बोल्दैन, त्यो तपाईँकै आँखा अगाडि नै छ। देउवाले भने।

प्रतिक्रिया दिनुहोस्