२ वर्षीया छोरीलाई विष खुवाएर आमाले गरिन् आत्महत्या

जनकपुरधाममाघ १ । धनुषामा विष सेवनबाट एक जनाको मृत्यु भएको छ भने एक बालिका गम्भीर भएकी छन्।

जनकपुरधाममा उप-महानगरपालिका ४ की एकै परिवारका आमा र दुई वर्षीया छोरीले विष सेवन गरेपछि आमाको मृत्यु भएको छ भने छोरीको अवस्था चिन्ताजनक रहेको छ। विष सेवनबाट जनकपुरधाम उप-महानगरपालिका ४ की २५ वर्षीया सीमा शर्माकाे मृत्यु भएको छ।

यस्तै उनकी छोरी गौरी मिश्रको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। मंगलबार राती सीमाले विष सेवन गरी छोरीलाई पनि विष सेवन गराएको परिवारिक स्राेतले जनाएको छ।

विष सेवनपश्चात् सीमाका श्रीमान समिर मिश्र र आफन्तले उपचार गराउन जानकी हेल्थ केयर लगे पनि त्यहाँ चिकित्सक नभएका कारण राम जानकी हस्पिटलमा लाने क्रममा सीमाको मृत्यु भएको प्रहरीले जनाएको छ।

यता श्रीमति सीमाको मृत्युपश्चात श्रीमान समिर मिश्र फरार भएका छन् भने प्रहरीले सीमाकी सासु किरण मिश्रलाई पक्राउ गरेको छ।  प्रहरीले कानुनी प्रक्रिया अपनाएर पोस्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल राखेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्