घटाल क्षेत्रमा सरसफाई

.शेर भण्डारी

डडेल्धुरा,माघ ६ । बैशाख दुई गते लाग्ने बिशु मेला लाई ब्यबस्थित गर्न र घटाल क्षेत्र बिकास समाजको कार्यालय ब्यबस्थापन गर्न तथा पार्क निर्माण, खानेपानि ब्यबस्थापन,सौचालय निर्माण , लगायत सुन्दर र सफा घटाल थान निर्माणका लागि घटाल क्षेत्र बिकास समाजले घटाल क्षेत्रमा सरसफाई गरेको छ ।  

शनिवार घटाल क्षेत्र बिकासले आयोजना गरेको घटाल क्षेत्र परिषरमा सरसफाई कार्यक्रममा नेपाल प्रहरी,शसस्त्र प्रहरी, स्थानिय र जनप्रतिनिधिहरू लगायत ७२ जनाको सहभागीता रहेको थियो । कार्यक्रममा सहभागिता जनाउने सबैलाई घटाल क्षेत्रबिकास समाजको तर्फबाट घटाल क्षेत्र बिकास समाजका अध्यक्ष कृष्णराज बोहराले धन्यवाद दिएका छन् ।

अध्यक्ष बोहराले यो सरसफाई कार्यक्रमलाई आगामी दिनहरुमा पनि निरन्तरता दिने लक्ष्य रहेको बताएका छन् । साथै उनले आगामि दिनहरूमा पनि घटाल क्षेत्रको बिकासका लागी यहाँका स्थानीयको साथ सहयोग र सल्लाह,सुझाबको अपेक्षा गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्