प्राथमिक स्वास्थ्य केन्द्रहरूको स्तरोन्नती गर्ने प्रदेश मन्त्रिपरिषद्को निर्णय

धनगढी,माघ ७ । सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् बैठकले कैलालीको मालखेती प्राथमिक स्वास्थ्य केन्द्रलगायत प्रदेशका चारवटा प्राथमिक स्वास्थ्य केन्द्रहरूको स्तरोन्नती गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार बसेको बैठकले कैलालीको मालखेती प्राथमिक स्वास्थ्य केन्द्र, कञ्चनपुरको बेलौरी प्राथमिक स्वास्थ्य केन्द्र, डडेल्धुराको जोगबुढा प्राथमिक स्वास्थ्य केन्द्र र दार्चुलाको गोकुलेश्वर प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नती गर्ने निर्णय गरेको हो ।

१५ शैयामा सञ्चालन भइरहेका यी प्राथमिक स्वास्थ्य केन्द्रहरुको स्तरोन्नति गरि २५ शैयामा सञ्चालन गर्ने निर्णय गरेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालय मातहत रहने गरी नेपाल(भारत सीमा नाकामा नागरिक सहायता कक्ष राख्ने निर्णयसमेत गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । पहिलो चरणमा प्रदेश सरकारले कञ्चनपुरको गड्डा चौकी र कैलालीको त्रिनगर चौकीमा नागरिक सहायता कक्ष सञ्चालन गर्ने तयारी गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्