छड्के अनुगमनमा १९ कर्मचारी अनुपस्थित

बैतडी,माघ ७ । बैतडीको पुर्चौर्डी नगरपालिकामा गरिएको छड्के अनुगमनका क्रममा १९ जना कर्मचारी अनुपस्थित भेट्टिएका छन् । इलाका प्रसासन कार्यालय पुर्चौडीका प्रमुख जयबहादुर कुँवरको नेतृत्वमा गएको अनुगमन टोलीले आइतवार नगरपालिकामा अनुगमन गरेको हो ।

कार्यालयमा नहुने कर्मचारी अधिकृतदेखि कार्यालय सहयोगीसम्मका रहेका इलाका प्रसासन कार्यालय, पुर्चौडीका प्रमुख कुवँरले बताएका छन् । यसका साथै कार्यालयमा उपस्थित भएका कर्मचारीले पनि हाजिरी नलगाउने गरेको भेट्टिएको छ । कार्यालयमा अनुपस्थित कर्मचारीलाई निजामती सेवा ऐन तथा नियमावली अनुसार कार्बाही हुने इलाका प्रसासन कार्यालय पुर्चौडीले जनाएको छ ।

अनुपस्थित कर्मचारीलाई सोमबार स्पष्टिकरण सोधिने र चित्त बुझ्दो जवाफ नआएमा सम्बन्धित निकायलाई कार्बाहीको लागि सिफारिस गरिने प्रमुख कुवँरको भनाई छ । कर्मचारीबाट सेवा पाउन नसकेको नागरिकको ब्यापक गुनासोपछि इलाका प्रशासन कायालयले छड्के अनुगमन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्