युएईसंग खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा

काठमाडौं,माघ ७ । संयुक्त अरब इमिरेट्स (युएई) संगको एकदिवसीय र टीट्वान्टी सिरिजका नेपालले पारस खड्काको कप्तानीमा ३ वैकल्पिक खेलाडीसहित १६ सदसीय नेपाली टोलीको घोषणा गरेको छ ।आईतवार आईसीसीका प्रतिनिधि इमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्का सम्मलित छनोट समितिले नेपाली टोलीको घोषणा गरेको हो ।

नेपालले प्रारम्भिक चरणमा छनोट भएका २० खेलाडीबाट १६ खेलाडी छनोट गरेको छ । युएईसंगको खेलका लागि चार युवा खेलाडीले सिनियर टिममा स्थान बनाएका छन् । अविनाश बोहरा, भिम सार्की, पवन सर्राफ र सन्दीप जोराले सिनियर टिममा स्थान बनाएका हुन् नेपाली टोलीका नियमित सदस्य शरद भेषवाकर भने टिममा परेका छैनन् । विरामी भएपछि शरदले नाम फिर्ता लिएका हुन् । उनलाई ठिक हुन ३÷४ हप्ता लाग्ने बताईएको छ ।

यस्तै नियमित सदस्य ललित भण्डारी, बिक्रम सोब र सुशन भारी वैकल्पिकमा परेका छन् । टोलीका नियमित सदस्य तथा लेग स्पिनर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग (बीपीएल) खेलेर सोमबार नेपाल आइपुग्ने छन् ।

नेपाली टोली मंगलबार युएईतर्फ प्रस्थान गर्नेछन् । नेपालले माघ ११ देखि माघ २० सम्म युएईको भ्रमण गर्नेछ । नेपालले माघ ११, १२ र १४ गते एकदिवसीय सिरिज खेल्नेछ । यस्तै माघ १७, १८ र २० मा टीट्वान्टी सिरिज खेल्नेछ । सिरिज दुबईमा हुनेछ ।

नेपाली टोली
पारस खड्का (कप्तान)
ज्ञानेन्द्र मल्ल (उपकप्तान)
अविनाश बोहरा
बसन्त रेग्मी
भिम सार्की
बिनोद भण्डारी
दिपेन्द्र सिंह ऐरी
करण केसी
ललित नारायण राजवंशी
आरिफ शेख
पवन सर्राफ
प्रदीप ऐरी
रोहित कुमार पौडेल
सन्दीप लामिछाने
सोमपाल कामी
सन्दीप जोरा
वैकल्पिक खेलाडी
सुशन भारी
ललित भण्डारी
बिक्रम सोब

प्रतिक्रिया दिनुहोस्