अत्तरियामा शान्ती सुरक्षा कमजोर बन्दै,प्रहरी नेत्रित्व फेर्नु पर्ने स्थानियको माग

अत्तरिया,माघ ७ । अत्तरियामा पछिल्ला दिनहरुमा अपराधिक घटनाहरु बढेका छन् । घटना बढे सँगै प्रहरीको सकृयता बढेको छ । तर प्रहरीलाई खासै सफलता मिलेको छैन । बिगतको जस्तो प्रहरीको नेत्रित्व नहुँदा खासै घटनामा सफलता नमिलेको हो ।

प्रहरीको नेत्रित्व खासै चलायमान नहुनु , नेत्रत्वको कमाण्ड सम्हालेका इन्चार्ज किसन सिं ठकुरीको स्थानिय सँग समन्वयको अभाब , प्रहरीको सँख्या कम हुनु , आबश्यक स्रोत साधन कम हुनु , प्रहरीको अधिकासँ समय भिआईपी स्करटिङमा बित्नु लगाएतका बिबिध कारणले अत्तरिया प्रहरी कमजोर हुँदै गएको छ ।

माघ १ गते बिहान गोदावरीमा मकर मेला स्नान गर्न गएका गोदावरी नगरपालिका १० का ५२ बर्षिय जोगराज टमटाको शव अझै सम्म पनि आफन्तले बुझ्न मानेका छैन्नन । उनको शब फेला परेपछि परिवार सँग समन्वय नगरी प्रहरी शब धनगढी लगेको थियो । गाडीले किचेर उनको निधन भएको परिवारले आरोप लगाएको छ ।

प्रहरी अहिले सम्म उनको हत्यामा ठक्कर दिने गाडी समात्न सकेको छैन । पुष २८ गते वडा नम्बर ३ गजरौलामा गाडीको ठक्करबाट घाईते भएका चौधरीको उपचारको क्रममा निधन भयो । तर ठक्कर दिने गाडीलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । अत्तरियामा जारी महोत्सबमा पनि दर्शकको भिड हुने दिन प्रहरीहरु तैनाथी अत्यन्तै कम गर्ने गरेको छ ।

यस अघि दुई दिन पनि महोत्सब सकिएपछि अत्तरिया पूर्वरोडमा दुई समुह बिच ग्याङ फाईट भएको थियो तर प्रहरी समयमा पुग्न सकेन । जसको कारण झगडा गर्ने समुहका प्रमुखलाई प्रहरी समात्न सकेन । शनिबार साँझ प्रहरी कार्यालय नजिकै भएको झगडामा एक जनाको चक्कु प्रहारबाट ज्यान गएको छ ।

महोत्सबमा पार्किङ ब्यबस्थापनको जिम्मा लिएका गोदावरी नगरपालिका वडा नम्बर १ का १८ बर्षिय अरुण भट्टलाई रोडबाट लखेटेर सडक किनारामा लगेर चक्कु प्रहार गरिएको हो । उनलाई पटक पटक प्रहार गरिएपछि अत्याधिक रक्तश्राब हुँदा उनी घटना स्थलमा नै ढलेका थिए । घटना भएको स्थान नजिकै ईलाका प्रहरी कार्यालय ,क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय र शशस्त्र प्रहरीको बाहिनी रहेको छ । तर स्थानियले उक्त घटना घटेपछि असुरक्षित महशुस गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्