राप्रपा डडेल्धुराद्धारा सदरमुकाममा घरदैलो

डडेल्धुरा, माघ ७ । राप्रपाको देशव्यापी अभियान अन्तर्गत राप्रपा डडेल्धुराले पनि आज सदरमुकाममा घरदैलो तथा पर्चा वितरण कार्यक्रम आयोजना गरेको छ ।

धर्म निरपेक्षताको नाममा देशमा इसाइकरण मौलाउँदै गएको र नेपाली पहिचान संकटमा पर्दै गएकोले सनातन सभ्यताको पहिचान जोगाउन हिन्दुराज्य पुनःस्थापनको लागि जनजागरण अभियान नै सञ्चालन गरेको हो ।

कार्यक्रममा राप्रपा केन्द्रिय सदस्य कालीप्रसाद जोशी, जिल्ला अध्यक्ष टेकराज पनेरू, प्रदेश सदस्य सागर नगरकोटीलगायत नेताकार्यकर्ताको सहभागिता रहेकोे थियोे । राप्रपाले हिन्दू धर्मको विषयमा विभिन्न सयममा कार्यक्रमहरु गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्